• LocationKirtipur-9, Kathmandu, Nepal

  • Phone01-4330609

Latest Activities

निःशुल्क आँखा शिविर सम्पन्न

काठमाण्डौ जिल्लाको दक्षिणी क्षेत्रको एक अग्रिणी संस्था कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा संस्थाको स्वास्थ्य सेवा उपसमितिको संयोजकत्व एवं युवा नेत्र सेवा टेकु काठमाण्डौसँगको सहकार्यमा एक दिने निःशुल्क आँखा शिविर तथा औंषधी वितरण कीर्तिपुर स्थित नगर मण्डप श्री कीर्ति बिहारमा सम्पन्न गरेको छ । मिति २०८० मंसिर २ गते, शनिवार बिहान ८:०० बजे देखि दिउँसो २:०० बजेसम्म सञ्चालित उक्त शिविरमा डा. कमला थापा सहितको ५ जनाको टोलीले महिला ५५ जना र पुरुष ५१ जना गरी जम्मा १०६ जना सेवाग्राहिको आँखा परीक्षण गरी लाभ उठाउनु भयो ।

वित्तीय साक्षरता कार्यक्रम

यस संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्ने सिलसिलामा मिति २०८१/११/११ मा सहकारी संस्थाले आफ्नै भवनमा संस्थाका सदस्यहरुको लागि, एक दिन वित्तीय साक्षरता कार्यक्रम र मिति २०८१/११/१५ मा ऋणी सदस्यहरु सँग अन्तक्र्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । साथै मिति २०८१/११/१८ मा कीर्तिपुर माध्यामिक विद्यालयका समस्त विद्यार्थी र शिक्षक लक्षित वित्तीय साक्षरता कार्यक्रममा सम्पन्न गरेको छ।

 
रक्तदान कार्यक्रम सम्पन्न
 
कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो सामाजिक उत्तरदायित्वहरु निर्वाह गर्ने क्रममा संस्थाले आफ्नो रजत वर्षको अवसर पारेर मिति २०८१ साल चैत्र २ गते शनिवारका दिन कीर्तिपुर नगाउँदोबाटोमा रक्तदान कार्यक्रम आयोजना गरियो । सो कार्यक्रममा पुरुष ३२ जना र महिला १२ जना गरि कूल ४४ जना रक्तदाता महानुभावहरुको उपस्थिति रहेको थियो ।
सम्पूर्ण रक्तदाता, सहयोगी एवं सहकर्मीहरुमा हार्दिक धन्यवाद ।
 
 
२५ औं रजत वर्ष
 
मिति २०८०/१२/७ गते कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो रजत शुभारम्भ वर्ष मनाएको छ । जेष्ठ सदस्य श्री दान बहादुर श्रेष्ठज्यूका प्रमुख आतिथ्य सञ्चालित शुभारम्भ कार्यक्रममा सदस्य लक्षित नियमित बचत योजना सञ्चालनमा ल्याएको छ । साथै सोहि दिन बेलुकी सहकारी भवनमा दिप प्रज्वलन गर्नुका साथै संस्थाका कर्मचारी, सञ्चालक, शेयरधनी महानुभावहरु बीच आपसी भाइचारा कायम गर्न मैत्रीपूर्ण फुटसल आयोजना गरिएको थियो ।
 
 
संरक्षित पूँजी फिर्ता कोष रकम वितरण कार्यक्रम सम्पन्न
 
यस कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.ले मिति २०८१ कार्तिक ५ गते देखि ११ गतेसम्म सहकारी ऐन वमोजिम आ.ब. २०७९।८० को नाफाबाट छुट्टाइएको संरक्षित पूँजी फिर्ता कोष संस्थाका सदस्यहरूलाई वितरण तथा सम्मान गरि सम्पन्न गरियो । सो कार्यक्रममा संस्थाका अध्यक्ष श्री दिल बहादुर महर्जनको सभापतित्वमा भएको कार्यक्रममा संचालक समितिका सदस्यहरुको उपस्थितिमा सम्पूर्ण सदस्यहरुलाई मायाको चिनो सहित सो रकम वितरण गरी सम्मान समेत गरेको थियो । उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्री दिल बहादुर महर्जनज्यूले बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गर्दा व्याज रकम मात्र प्राप्त गर्दछ भने सहकारीमा रकम जम्मा गर्दा व्याजको साथ साथै शेयर रकमको लाभांश तथा कारोबारको आधारमा प्रोत्साहन स्वरुप थप नगद पनि प्राप्त गर्न सकिने हुँदा सहकारी मै रकम जम्मा गर्नु उपयुक्त भएको बताउनुभयो । वर्तमान समयमा अन्य सहकारी संस्थाले बचत फिर्ता नदिएको अवस्था यस कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुसँग नियमित कारोबार गर्न सफल भएको र यस संरक्षित पूँजी फिर्ता कोष रकम समेत वितरण गर्न सफल भएको बताउनु भयो ।
 
4th Inter Prime Fitness Competition-2082
कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित Prime Fitness ले हरेक वर्ष झै यस वर्ष पनि Inter Prime Fitness Competition सम्पन्न गरेको छ । यस चौंथो संस्करणमा महिला र पुरूष गरि जम्मा ३३ जनाको सहभागिता रहेको थियो भने कुल चार विधामा प्रतिस्पर्धा भएको उक्त प्रतियोगिता Prime Fitness को आफ्नै व्ययामशालामा मिति २०८२/०५/१४ गते सञ्चालन भएको थियो । विजयी खेलाडीहरूलाई प्रमाण पत्र, मायाको चिनो र अन्य Gift Hamper प्रदान गर्दै उक्त कार्यक्रमको प्रमुख अतिथि तथा सहकारी संस्थाको अध्यक्ष श्री दिल बहादुर महर्जनज्यूले यस्ता कार्यक्रमहरूबाट राष्ट्रियस्तरका खेलाडी जन्माउन सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा यस प्रतियोगितालाई अझ सुदृढ तरिकाले अगाडि लैजाने कुरा व्यक्त गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा Prime Fitness का सदस्य श्री कल्पना खत्रीज्यूले Asian Powerlifting Championship-2025 मा उमेरगत विधा (U-21 age)मा स्वर्ण र U-53 kg विधामा कास्य पदक जित्न सफल भएकोमा प्रशंसा–पत्र तथा मायाको चिनो सहित सम्मान गरिएको थियो । अर्का सम्मानित हुनुभएका Prime Fitness का प्रशिक्षक श्री बिकास मंग्रान्तीज्यूले आफ्ना विद्यार्थीहरूले गरेको प्रगतीबाट हौसला प्राप्त भएको र यस पेशामा अझ् लगनशील भएर कार्य गर्न प्रेरणा मिलेको कुरा व्यक्त गर्नु भयो । उक्त प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम सहकारी संस्थाका उपाध्यक्ष तथा Prime Fitness का संयोजक श्री बाबुकृष्ण महर्जनज्यूको अध्यक्षतामा भएको थियो ।