• LocationKirtipur-9, Kathmandu, Nepal

  • Phone01-4330609

Latest Activities

निःशुल्क आँखा शिविर सम्पन्न

काठमाण्डौ जिल्लाको दक्षिणी क्षेत्रको एक अग्रिणी संस्था कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा संस्थाको स्वास्थ्य सेवा उपसमितिको संयोजकत्व एवं युवा नेत्र सेवा टेकु काठमाण्डौसँगको सहकार्यमा एक दिने निःशुल्क आँखा शिविर तथा औंषधी वितरण कीर्तिपुर स्थित नगर मण्डप श्री कीर्ति बिहारमा सम्पन्न गरेको छ । मिति २०८० मंसिर २ गते, शनिवार बिहान ८:०० बजे देखि दिउँसो २:०० बजेसम्म सञ्चालित उक्त शिविरमा डा. कमला थापा सहितको ५ जनाको टोलीले महिला ५५ जना र पुरुष ५१ जना गरी जम्मा १०६ जना सेवाग्राहिको आँखा परीक्षण गरी लाभ उठाउनु भयो ।

 

संरक्षित पूँजी फिर्ता कोष रकम वितरण कार्यक्रम सम्पन्न
यस कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.ले मिति २०८० मंसिर १ गते देखि ५ गतेसम्म सहकारी ऐन वमोजिम आ.ब. २०७८।७९को नाफाबाट छुट्टाइएको संरक्षित पूँजी फिर्ता कोष संस्थाका सदस्यहरूलाई वितरण  तथा सम्मान गरि सम्पन्न गरियो । सो कार्यक्रममा संस्थाका अध्यक्ष श्री दिल बहादुर महर्जनको सभापतित्वमा भएको कार्यक्रममा संचालक समितिका सदस्यहरुको उपस्थितिमा सम्पूर्ण सदस्यहरुलाई मायाको चिनो सहित सो रकम वितरण गरी सम्मान समेत गरेको थियो । उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्री दिल बहादुर महर्जनज्यूले बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गर्दा व्याज रकम मात्र प्राप्त गर्दछ भने सहकारीमा रकम जम्मा गर्दा व्याजको साथ साथै शेयर रकमको लाभांश तथा कारोबारको आधारमा प्रोत्साहन स्वरुप थप नगद पनि प्राप्त गर्न सकिने हुँदा सहकारी मै रकम जम्मा गर्नु उपयुक्त भएको बताउनुभयो । वर्तमान समयमा अन्य सहकारी संस्थाले बचत फिर्ता नदिएको अवस्था यस कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुसँग नियमित कारोबार गर्न सफल भएको र यस संरक्षित पूँजी फिर्ता कोष रकम समेत वितरण गर्न सफल भएको बताउनु भयो ।
रक्तदान कार्यक्रम सम्पन्न
कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.ले निरन्तर रुपमा आफ्नो सामाजिक, साँस्कृतिक एवं विविध उत्तरदायित्व बहन गर्ने सिलसिलामा संस्थाले आफ्नो २५औं स्थापना दिवसको अवसर पारेर मिति २०८० चैत्र ३ गते शनिवारका दिन रक्तदान कार्यक्रम कीर्तिपुर तगःवपिको प्र्रांगनमा सम्पन्न गरियो । उक्त कार्यक्रममा महिला ७ जना र पुरुष २७ जना गरि जम्मा ३४ जनाको उपस्थिति रहेको थियो ।
२५ औं रजत वर्ष
मिति २०८०/१२/७ गते कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो रजत शुभारम्भ वर्ष मनाएको छ । जेष्ठ सदस्य श्री दान बहादुर श्रेष्ठज्यूका प्रमुख आतिथ्य सञ्चालित शुभारम्भ कार्यक्रममा सदस्य लक्षित नियमित बचत योजना सञ्चालनमा ल्याएको छ । साथै सोहि दिन बेलुकी सहकारी भवनमा दिप प्रज्वलन गर्नुका साथै संस्थाका कर्मचारी, सञ्चालक, शेयरधनी महानुभावहरु बीच आपसी भाइचारा कायम गर्न मैत्रीपूर्ण फुटसल आयोजना गरिएको थियो ।