• LocationKirtipur-9, Kathmandu, Nepal

  • Phone01-4330609

News

२३औं वार्षिक साधारण सभा सम्पन्न

कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो २३औं वार्षिक साधारण सभा मिति २०८०/०९/१४ गते शनिवार बाघभैरव बैक्वेट, कीर्तिपुर न.पा. ९,नगाउँ मा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष श्री दिल बहादुर महर्जनको सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा प्रमुख अतिथिको रुपमा प्रशासन विद् प्रा.डा. श्रीकृष्ण श्रेष्ठज्यूको उपस्थिति रहेको थियो भने बिशेष अतिथिको रुपमा काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष श्री मनोज थापामगर, अतिथिको रुपमा कीर्तिपुर नगरपालिकाका सहकारी शाखा प्रमुख श्री सुजिन्द्र महर्जन, कीर्तिपुर सहकारी संघ लि.का उपाध्यक्ष श्री राममान सिंह, काठमाडौं बहुउद्देश्यीय सहकारी संघ, कीर्तिपुर नगर समन्वय समितिका अध्यक्ष श्री बीर प्रसाद भन्सारी, जिल्ला सहकारी संघ कीर्तिपुर नगर समन्वय उपसमितिको तर्फबाट श्री संघराम महर्जन, कीर्तिपुर यातायात सेवा कम्पनी लि.का अध्यक्ष श्री संघरत्न मानन्धर, कीपू बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री बालकृष्ण महर्जन, यस सहकारी संस्थाका पूर्व अध्यक्ष प्रा.डा. शिवशरण महर्जनको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि प्रा.डा. श्रीकृष्ण श्रेष्ठद्वारा उद्घाटन गरिएको सो कार्यक्रममा संस्थाका अध्यक्ष श्री दिल बहादुर महर्जनज्यूले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाले आफ्ना जेष्ठ सदस्यहरुलाई अभिनन्दन गर्ने क्रममा यो वर्ष पुरुष तर्फ कीर्तिपुुर नगरपालिका वडा नं. ३, समल निवासी श्री काजीलाल माली र महिला तर्फ कीर्तिपुर नगरपालिका वडा नं. १०, सिहद्वाः निवासी श्रीमती पार्वती महर्जनलाई अभिनन्दन गरेको थियो । कार्यक्रममा सहकारी संस्थाबारे प्रमुख अतिथि प्रा.डा. श्रीकृष्ण श्रेष्ठ, बिशेष अतिथि श्री मनोज थापामगर, अतिथिहरु श्री सुजिन्द्र महर्जन, श्री राममान सिंह, श्री बीर प्रसाद भन्सारी, श्री संघराम महर्जन,श्री संघरत्न मानन्धर तथा पूर्व अध्यक्ष प्रा.डा. शिवशरण महर्जनबाट आफ्ना कुराहरु राख्नु भएको थियो । उक्त सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिले पेश गरेको प्रतिवेदन, आ.व. २०७९/८० को लेखा परीक्षकको आर्थिक प्रतिवेदन, आ.व. २०८०/८१ को लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण, आ.व. २०८०/८१ को प्रस्तावित वार्षिक बजेट तथा कार्यक्रम र २.६४% लाभांश वितरण समेत पास गरी साधारण सम्पन्न गरियो ।