• LocationKirtipur-9, Kathmandu, Nepal

  • Phone01-4330609

कीर्तिपुर सहकारी खानेपानी उद्योग लि.

कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाको Dream Project को रुपमा रहेको यस उद्योगको स्थापना २०७८ असोज १४ गते भएको थियो । हुन त यस उद्योगको स्थापनाको लागि केहि वर्ष अगाडी देखि नै गृहकार्य भैरहेको थियो । तर सहकारी ऐन, नियम, कानूनको अस्पष्टताका कारण सहकारीबाटै सञ्चालन गर्न केहि समय लम्बिन गयो । हाल कीर्तिपुर सहकारी खानेपानी उद्योग कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाको एउटा व्यवसायको स्वरुपमा पूर्णता सहकारी संस्थाकै मातहतमा सञ्चालित संस्था हो ।यस उद्योग दक्षिणकाली नगरपालिका वडा नं. १, साम्दुगाउँ, चाल्नाखेलमा अवस्थित छ । आफ्नै जग्गा र भवनमा सञ्चालित यस उद्योगको मुख्य पानीको श्रोत चाल्नाखेल अवस्थित मुहानको पानी रहेको छ । मुहानबाट आएको पानीलाई पाइपको माध्यमबाट उद्योगसम्म ल्याई आधुनिक प्रविधिबाट प्रशोधन गरी पिउन योग्य खानेपानी उत्पादन गरी विक्री वितरण गर्ने कार्य यस उद्योगले गर्दछ । यो उद्योग काठमाडौँको दक्षिण भेगमा स्वचालित आधुनिक मेसिनबाट पानी उत्पादन गर्दै आइरहेको पहिलो उद्योग हो ।

विशेषताहरु :

१. २० लि. जार र १ लि. बोटल दुबै उत्पादन गर्दै आइरहेको ।

२. मुहानको पानी

३. स्वचालित आधुनिक मेशिनबाट प्रशोधन हुने ।

४. उद्योग प्रदुषण मुक्त वातावरणमा अवस्थित, उद्योग वरिपरी स्वच्छ हरियाली, शान्त, धुवाधुलो मुक्त ठाउँ भएको ।

५. आफ्नै गाडीबाट ढुवानी हुने ।

६. घरायसी, संघ संस्था तथा सरकारी कार्यालयमा ढुवानी गर्दै आइरहेको ।

७. उचित मूल्य ।

८. शुद्ध प्रशोधित, गुणस्तरिय खानेपानी ।